हवाई इन्धनको मूल्य बढेसँगै आन्तरिक उडानको भाडा पनि बढेको छ। वायु सेवा संचालक समितिले हवाई भाडा बढाउने निर्णय गरेको हो।
पर्सि मंगलबारदेखि लागू हुनेगरी भाडा बढाउने निर्णय भएको समिति सदस्य प्रज्वल थापाले जानकारी दिए। आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ वा सोभन्दा बढी घटबढ भएमा त्यहीअनुसार भाडा घटाउन तथा बढाउन सक्ने व्यवस्था अनुसार बढाउने निर्णय भएको उनले बताए।
यसअघि नेपाल आयल निगमले आन्तरिक इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको थियो।
समितिका अनुसार धनगढीका लागि सबैभन्दा धेरै भाडा बढेको छ। धनगढीका लागि प्रतियात्रु २२० रुपैयाँ शुल्क बढेको थापाले जानकारी दिए। यसअघि पुरानो भाडादर १२ हजार १ सय रुपैयाँ रहेकोमा अब १२ हजार ३२० कायम भएको छ।
त्यस्तै सिमराका लागि सबैभन्दा कम अर्थात प्रतियात्रु ४५ रुपैयाँले भाडा बढेको छ। पुरानो भाडा ३ हजार ९ सय ५० रहेकोमा अब ४ हजार १० कायम भएको छ।
हेर्नुहोस् काठमाडौंदेखि कहाँसम्मको भाडा कति ?
स्थान |
पुरानो भाडादर |
बढेको शुल्क |
नयाँ भाडादर |
माउन्टेन |
१० हजार ८५० |
१७० |
११ हजार २० |
पोखरा |
४ हजार ६५० |
८० |
४ हजार ७३० |
भैरहवा |
५ हजार ९५० |
१०५ |
६ हजार ५५ |
भरतपुर |
३ हजार ४५० |
५५ |
३ हजार ५०५ |
बिराटनगर |
७ हजार १ सय |
१२० |
७ हजार २२० |
नेपालगन्ज |
९ हजार ४ सय |
१६५ |
९ हजार ५६५ |
भद्रपुर |
८ हजार ६ सय |
१५० |
८ हजार ७५० |
धनगढी |
१२ हजार १ सय |
२२० |
१२ हजार ३२० |
जनकपुर |
३ हजार ९५० |
६० |
४ हजार १० |
सिमरा |
३ हजार ५ |
४५ |
३ हजार ५० |
तुम्लिङटार |
५ हजार ६२५ |
९५ |
५ हजार ७२० |