कुवेतको निजी स्वामित्वमा रहेको वतानिया एयरवेजले काठमाडौं– कुवेत सिधा उडान थालेको छ।
सेवा सञ्चालनसँगै वतानिया एयरवेज कुवेतदेखि नेपालसम्म सिधा उडान सञ्चालन गर्ने पहिलो कम्पनी बनेको छ। यो सेवाबाट नेपालमा पर्यटनका लागि प्रोत्साहन गर्नु र कुवेतमा कामका लागि जानेहरु लाभान्वित हुने कम्पनीले जनाएको छ।
एयरलाइन्सले सेवाको सुरुवाती अवसरमा कुवेतसम्मको दैनिक उडानका लागि भाडादर २३ हजार तोकेको छ।
तीन ए–३२० विमान सहितको वतानिया एयरवेजले विश्वभरका ११ गन्तव्य सम्मकालागि उडान सेवा उपलब्ध गराइरहेको छ। कम्पनीको काठमाडौंबाट दोहा, बहराइन, बाकु र अन्य विभिन्न स्थानका लागि सहज सञ्जाल विस्तार गरेको छ।
‘नयाँ उडान सेवाको आगमनले नेपालको पर्यटन क्षेत्र तथा नेपालीलाई उल्लेख्य सहयोग प्राप्त हुनेछ’, वतानिया एयरवेज, काठमाडौंका लागि स्टेशन म्यानेजर रुपेश झाले भने।