शिखर शुजले क्रेजी सेल अभियान ल्याएको छ। नेपालभर रहेका विभिन्न शोरुमहरुमा उक्त योजना संचालनमा रहेको कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार लिवाश इन्टरप्राइजेज–गोगंबु, बौद्ध शु सेन्टर– बौद्ध, द बानेश्वर शु सेन्टर–बानेश्वर, मनकामना शु एण्ड फेन्सी–न्युरोड, किर्तीपुर शु सेन्टर– किर्तीपुर, बनेपा शु सेन्टर– बनेपा, स्पन्दन इन्टरप्राइजेज– सामाखुशी, शिखर शु सेन्टर–खिचापोखरी, न्यु भोटाहिटि शु सेन्टर– भोटाहिटि, कोसेली हाउस– भोटाहिटि, पाटन शु सेन्टर–पाटन, शिखर शोरुम– जोरपाटी, बानेश्वर शु एण्ड ब्याग हाउस– न्यु बानेश्वर, शिखर शु हाउस(पुरानो)–विराटनगर, शिखर शु हाउस(नयाँ)–विराटनगर, शिखर शु सेन्टर–दमौली, नेपालगञ्ज शु सेन्टर– नेपालगञ्जमा उक्त सेल अभियान सुरु भएको कम्पनीले बतबाएको छ।
उक्त अभियानमा शिखर जुत्ता तथा चप्पलहरु खरिद गर्दा नयाँ डिजाइनमा १० प्रतिशत र अन्य डिजाइनका जुत्ता तथा चप्पलहरुमा ५० प्रतिशत सम्मकोे छुट पाइने कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए। मंसिर २८ गतेदेखि सुरु अभियान सिमित समयसम्म चल्ने कम्पनीले जनाएको छ।