निम्बसले उत्पादन गरेकाे खाने तेल ‘व्यञ्जन’ले गुणस्तर चिह्न प्रमाण–पत्र पाएकाे छ। नेपाल नापताैल तथा गुणस्तर विभागबाट उक्त तेलले सबै मापदण्ड पुरा गरेपछि प्रमाणपत्र पाएकाे हाे।
नेपालमै उत्पादित व्यञ्जन खाने तेलको उत्पादन गुणस्तरीय तथा बोटलिङ र प्याकेजिङ अन्तर्राष्ट्रियस्तरको रहेको सो कम्पनीका बिक्री अधिकृत पुरुषोत्तम सिलवालले बताए।
नेपालमा प्रचलित विभिन्न मौलिक परिकारको स्वाद लिन र स्वस्थ खाना तयार पार्न व्यञ्जन सूर्यमुखी तेल र तोरीको तेल देशभर उपलब्ध रहेको उनले बताए।
अाधुनिक प्रविधिबाट प्रशोधन गरिएको व्यञ्जन तेल ल्यामिनेटेड पाउचमा प्याकिङ गरिन्छ । यसमा भिटामिन ‘ए’ र ‘डी’ मिश्रण गरिएको बिक्री अधिकृत सिलवाल बताउछन्।रासस