लाभकरको छिनोफानो नभएको भन्दै ठुला करदाता कार्यालयको आग्रहमा नेपाल राष्ट्र बैंकले रोकेको एनसेलको लाभांस फुकुवा हुने भएकाे छ।
सर्वाेच्च अदालतले एनसेलको मुख्य लगानीकर्ता कम्पनीले नाफाबाट आर्जजन गरेको लाभ लिन पाउनुपर्ने भन्दै त्यसमा कुनै बाधा नगर्न आदेश दिएसँगै करिब ७२ अर्ब नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा लिन पाउने भएको हो।
सर्वोच्चका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आइतबार पुस ३ गतेको अन्तरिम आदेशलाई निरन्तरता दिने फैसला सुनाएको हाे।
गएको असार १८ मा ठुला करदाता कार्यालयले करको दायित्व पूरा नभएसम्म लाभांश रोक्न राष्ट्र बैंकलाई परिपत्र गरेको थियो । त्यही आधारमा बैंकको विनिमय व्यवस्थापन विभागले असार २६ मा रोक लगाएको थियो ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन को दफा ५(२) को ख तथा विदेशी विनिमय ऐन २०१९ को दफा (ग) १ को कले विदेशी लगानी वापतको लाभ वा लाभांश लिनमा अवरोध नगर्न भनेकोले एनसेलबाट लाभ कमाएको एक्जियटाको लाभांस रोक्न नहुन फैसलामा भनिएको छ।
यस्ताे छ अदालतकाे अादेश: