गोल्डस्टार जुत्ताहरूको निर्माता तथा वितरक किरण सुज म्यानुफ्याक्चरर्सले पुरानो वानेश्वर तथा कालिमाटीमा नयाँ आधिकारिक सो–रूमहरू खोलेको छ।
सोलमेट्स इन्टरप्राइजेज, पुरानो वानेश्वर तथा फस्र्ट स्टेप इन्टरप्राइजेज कालिमाटीमा गोल्डस्टार जुत्ताहरूको आधिकारिक फ्रान्चाइजी सो–रूमका रुपमा खोलिएको कम्पनीले जनाएको छ।
किरण सुज म्यानुफ्याक्चर्सकी निर्देशक विदुषी राणाले गोल्डस्टार जुत्ताको प्रसिद्धी र चौतर्फी मागका कारण नयाँ सो–रूमहरू खोलिएको दाबी गरिन्। यसका साथै आउँदा दिनहरूमा पनि थप सो–रूमहरूबाट सेवा दिन नेपालभरि नै फ्रान्चाइजी रूमहरू बढाउँदै लैजाने उनले बताइन्।
गोल्डस्टार जुत्ताका आधिकारिक सो–रूमहरू यसअघि सिभिल मल, सुन्धारा तथा ज्योति भवन, जमलमा स्थापना भइसकेका छन्।