कतार एयरवेजले आफ्ना जहाजमा यात्रा गर्नेलाई उपहार तथा छुट अफर ल्याएको छ।
सन् २०१८ का लागि आफ्नो पहिलो अभियान ‘ग्लोबल ट्राभल बुटिक’को घोषणा गर्दै उसले यस्ता अफर सार्वजनिक गरेको हो।
यात्रुलाई टिकट दरमा ३५ प्रतिशत छुटका साथै विजनेश तथा फस्र्ट क्लास अन्तर्गत ‘कम्पानियन’ अफरको समेत फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ। बच्चासहितका परिवारले योजना अवधिभर किड्स विशेष अफर अन्तर्गत विशेष छुट सुविधाको समेत ब्यवस्था रहेको छ ।
‘सन् २०१८को सुरुवात ग्लोबल ट्राभल बुटिक प्रमोशन मार्फत आफ्ना यात्रुलाई विभिन्न छुट तथा अफरका साथमा गर्न पाउँदा हामी निकै गौरवान्वि छौँ’, कतार एयरवेजका चिफ कमर्सियरल अफिसर एहव अमिनले भने ‘अवसरको फाइदा उठाउँदै अफरको भरपूर फाइदा लिन हामी समस्त यात्रु माझ अनुरोध गर्न चाहान्छौँ ।’
सार्वजनिक योजना अन्तर्गत ज्यानवरी ९ देखि १६ सम्म बुकिङ गर्ने यात्रुले हरेक बुकिङमा दोब्बर क्यूमाइल्स जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । यसरी बुकिङ गरिएका टिकटको अवधि भने ९ ज्यानवरी देखि १० डिसेम्बर २०१८ सम्म हुनेछ । साथै, योजना अवधिभर कतारएयरवेज डट कम मार्फत बुकिङ गर्ने उपभोक्तालाई ¥याफलमा सम्मिलित गरिने छ । यसरी ¥याफलमा सहभागि मध्यबाट १० भाग्यशाली विजेताले १ लाख क्यूमाइल्सका साथै कतार एयरवेज होलिडेज्का तर्फबाट दूई जनाका लागि ३ रात स्टे अफर सहितका १० होटल भाउचर मध्य १ जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।
कतार एयरवेज प्रिभलेज क्लब मार्फत १ लाख ओमाइल्स, कतार डुयूटी फ्रि, कतार एयरवेज होलिडेज तथा विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर पाउने बताइएको छ।
यस योजना अन्तर्गत यात्रुले क्याविन क्लासमा यात्रा गर्दा आकर्षक उपहार तथा छुट पाउन सक्ने कम्पनीले जनाएको छ। विश्वभरका गन्तब्यमा एयरवेजका इकोनोमी, विजनेस र फस्र्ट क्लास मार्फत यात्रा गर्दा यात्रुले यी सुविधाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।