घरजग्गाको कारोबार गर्दा आधारविहिन विभिन्न व्यक्ति, समुहमा भर पर्दा आइपर्ने विभिन्न झन्झटको अब अन्त्य हुने भएको छ । घर तथा जग्गा किन्न, बेच्न र भाडामा लिन–दिनको लागि अब संस्थागत रूपमै ‘घर जग्गाको साथी’ मार्फत कारोबार गर्न सकिने भएको हो ।
राजधानीको दरवारमार्गमा रहेको हाइल्याण्ड प्रोपर्टिजले ‘घरजग्गाको साथी’ ब्राण्डबाट आफ्नो सेवा सुरू गरेको हो । घरजग्गाको साथीमार्फत अब घर तथा जग्गा धनीले आफ्नो सम्पति बेच्न तथा किन्न चाहानेले संस्थागत रूपमा सरल र पारदर्शी सेवा पाउने भएका छन् । भाडामा लिन र दिन चाहनेले पनि यो सेवा पाउने छन् ।
घरजग्गाको साथीले कारोबारको ०.५ प्रतिशतको सेवा शुल्कमा आफ्नो सेवा दिने घोषणा गरेको छ। घरजग्गा कारोबारको क्षेत्रमा देखिएका विकृती विसंगति हटाउन यो अभियान सुरू गरिएको कम्पनीका प्रबन्ध निर्देशक भवि शर्माले बताए।
घरजग्गा खरिद बिक्रीदेखि भाडामा लगाउनेसम्मका काममा यसले का मगर्ने छ। जसमा बिक्री मूल्यको ० दशमलब ५ प्रतिशतमात्र कमिशन यसले लिने छ।