आदित्य बिर्ला फेसन एण्ड रिटेलले लबिम मलमा आफ्नो शोरुम संचालनमा ल्याएको छ। साथै कम्पनीले शोरुमबाटै प्रिमियम ‘मेन्सवेयर’ ब्राण्ड लुई फिलिपको व्यवसाय थालेको छ।
आउटलेट संचालनकै अवसर पारेर बिर्लाले लुई फिलिपको बिक्री थालेको हो। यसअघि लुई फिलिपले युएई, कतार, ओमान, साउदी अरेबिया बहराइन, कुवेत र श्रीलंका लगायत देशमा उपस्थिति जनाइसकेको छ।
नेपालका लागि भारतका राजदुत मानजीव सिंह पुरी तथा आदित्य बिर्लाका अन्तर्र्राष्ट्रिय बजार निर्देशक विक्रम शिवदासले संयूक्त रुपमा स्टोरको उद्घाटन गरे।
सो अवसरमा शिवदासले नेपालमा बढ्दै गइरहेको उत्कृष्ट गुणस्तरको ‘मेन्सवेयर’को आवश्यकतालाई आउटलेटले सम्वोधन गर्ने बताए।
स्टाइलमा चासो भएका पुरुष वर्गमा लक्षित गरिएको यो ब्राण्डको क्लोदिङ्ग रेन्जमा सुट्स, सर्ट, ट्राउजर्स, ब्लेजर्स, वेष्ट कोट, टि–सर्ट्स डेनिमको वृहत कलेक्शन उपलब्ध छ।