राजधानीको चाबहिल स्थित केएल टावरमा ‘दामी सेल’ मेला सुरु भएको छ। मेलामा ४५ स्टलमा तीन हजारभन्दा बढी सामानमा ५० प्रतिशतसम्म छुटसहित राखिएको टावरले जनाएको छ।
शनिबारबाट सुरु भएको मेला झण्डै एक महिनासम्म चल्ने छ। ५ हजारको जुनसुकै खरिदमा दुईवटा फिल्म टिकट निःशुल्क उपलब्ध हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार पाँच सय वा सोभन्दा बढीको खरिदमा विभिन्न लक्की–ड्र मार्फत उपहार दिइनेछ। मेला अवधिभर विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालनमा रहने आयोजकले जनाएको छ ।
केएल टावरमा मोबाइल हब, डिपार्टमेन्ट स्टोर, सर्टिङ–सुटिङ, रेडिमेट गार्मेन्ट्स, लत्ताकपडा, जुत्ता, सिनेमा हल, फुटकोर्ट, खेल स्थान, बैंक, ट्राभल एजेन्सीलगायत सबैखाले सेवा–सुविधाहरू एकै छानामुनि उपलब्ध छन्।