ललितपुरको पुल्चोकमा रहेको लबिम मलले कर नतिरेको भेटिएको छ। ललितपुर महानगरपालिकाले लबिम महलमा अनुगमन कर नतिरेको पाइएको हो ।
लविमले १ करोड भन्दा माथि कर छलेको अनुगमन टोलीले फेला पारेको हो।
पिरोपिरो पसल, स्यान्डविच प्वाइन्ट सेन्टर, बाओची, केल्भिइन, कोकाकोला डल्ले लगायतका पसल विना दर्ता सञ्चालन रहेको भेटिएको छ।
कर र पसलहरु दर्ता नगरी संचालन गरे बन्द गर्ने महानगरपालिकाले जनाएको छ। महानगरपालिकाको आर्थिक विकास समिति, राजश्व महाशाखा प्रमुख, नगर प्रहरी र वडाध्यक्ष सहितको टोलीले लविममा अनुगमन गरेको थियो।