सुट बैंक एण्ड फेशन डिजाईन प्रा.लिले ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लिएर जानुहोस्’ नामक नयाँ बम्पर योजना सार्वजनिक गरेको छ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त प्रा.लि.ले यस्तो बम्पर योजना सार्वजनिक गरेको हो ।
फेशन डिजाईनिङ् क्षेत्रमा विगत डेढ दशकदेखि सेवारत उक्त संस्थाले ग्राहकहरुको चाहना बमोजिम पूरानो सुटलाई बजार व्यवस्थापन र नयाँ डिजाईनको सुट अर्डर गर्न सजिलो होस् भन्ने उद्देश्य राखि यो योजना सार्वजनिक गरिएको अध्यक्ष भोजराज सिवाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै गीता राणाले सुटको कपडा आयातमा भ्याट र सुट तयार हुँदा पनि भ्याट लगाउने गरिएकोले नेपाली व्यवसायीहरु दोहोरो मारमा परेको बताईन्। ‘यही कारणले गर्दा छिमेकी मुलुक भारत र चीनसँग व्यापार प्रतिष्पर्धा गर्न सक्ने अवस्था छैन्,’ उनले भनिन्।
त्यस्तै उनले विदेश पलायन भएका युवालाई स्वदेशमै फर्काउन सरकारले आर्कषक योजना ल्याउनुपर्ने सुझाव दिईन्। उनले स्वदेशमै उद्योग खोल्नुपर्ने र रोजगारी सिर्जना गर्नुपर्ने बताईन्।
राणाले सुट ब्याङ्कले अघि सारेको कार्यक्रमहरु धेरै राम्रो भएकोले यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिईन्।
त्यस्तै कार्यक्रममा नेपाल ईन्भेष्टमेन्ट फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल पनि यस्ता खाले कर्यक्रमले नेपाली अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास दिलाए। उनले भने,‘यो विकल्प अवधारणा हो, यसलाई प्रर्वद्धन गर्नको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग पुर्याउनुपर्छ।’
कार्यक्रममा परियार सेवा समाजका केन्द्रिय अध्यक्ष एवम् पूर्व मेजर बलबहादुर सुन्दासले पनि यो पेशामा आवद्ध व्यवसायीहरुलाई राम्रो तालिम दिएर अघि बढाईयो भने देशको अर्थतन्त्रमा टेवा पुग्ने नेपालीहरुको व्यक्तित्वमा पनि फाईदा पुग्ने विश्वास दिलाए। उनले पनि यो बम्पर योजना नेपाली सुटको ईतिहाँसमै पहिलो भएकोले यसलाई सफल बनाउन सबैले साथ र सहयोग पुर्याउनुपर्नेमा जोड दिए ।
त्यस्तै पूर्व सिडिओ चिरञ्जिवि थापाले सुरुवात सानै कामबाट गर्नुपर्ने भन्दै सुट बैंकले अघि बढाएका कार्यक्रमहरु लोकप्रिय हुने विश्वास दिलाए । उनले भने,‘यो कार्यक्रमले चमत्कार गर्न सक्छ, आर्थिक प्रगति हाँसिल गर्नको लागि यसले टेवा पुर्याउँछ।’
प्रालिले उक्त बम्पर योजना अन्र्तगर्त ‘पूरानो सुट ल्याउनुहोस्, नयाँ सुट लिएर जानुहोस’ भन्ने कार्यक्रम आवश्यक पर्यो भन्ने सन्दर्भमा यस्तो कुरा बताएको छ, ‘अधिकांश व्यक्तिहरुसँग केही न केही जोर सुट स्टक हुने सामान्य हो, तर बजारमा नयाँ नयाँ डिजाईनका कोट तथा सुटको उत्पादन आउन थालेपछि ती पूराना सुट तथा कोटहरु आफ्नो घरको आफ्नो दराजमा थन्किएको रुपमा मात्रै हुने भएकोले त्यो सुट तथा कोटलाइ सुट बैंकमा ल्याएर नयाँ डिजाईनको कोट तथा सुट लिएर जान सक्नुहुनेछ। त्यसको उचित बजार व्यवस्थापनको लागि कोट तथा सुटको गुणस्तर हेरी मूल्याङ्कन गरिनेछ। नयाँ सुट तथा कोटको प्रयोगका लागि आर्थिक रुपमा ग्राहकवर्गलाई सहज होस् भन्ने उद्धेश्यले ग्राहकको पूरानो कोट तथा सुट समस्या नभई अवसर बन्न सक्छ भन्ने योजनाको साथ अति उपयोगी कार्यक्रमको रुपमा हुन्छ भन्ने आवश्यकता देखेर यो कार्यक्रम ल्याईएको हो।’
प्रालिका अनुसार ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लैजानुहोस’ योजना सफल बनाउन ३ जोर सुट बनाउने ग्राहकलाई एउटा लक्की ड्र कुपन दिईनेछ। जसमा चार पांग्रे गाडी उपलब्ध गराईनेछ, र जुन १५०० वटा लक्की ड्र कुपनमा एउटा गाडी उपलब्ध गराईने पनि आयोजकले जनाएको छ ।
कार्यक्रममा फेशन डिजाईनर समेत रहेकी उक्त सुट बैंककी प्रवन्ध निर्देशक आकृति सिवा र सञ्चालिका कल्पना सिवाको पनि उपस्थिति थियो।