हबिब्स हेयर एण्ड ब्युटी सलूनले शुक्रबार दोस्रो शाखा जाउलाखेलमा खोलेको छ।
‘हबिब्स बेरिना सलोन फर हिम एण्ड हर’को चलचित्र अभिनेता आयुष्मान देशराज जोशी तथा अभिनेत्री प्रियंका कार्कीले संयूक्त रुपमा उद्घाटन गरे।
द हाउस अफ हबिब्सले भारत तथा नेपालमा विभिन्न ३१ वटा शाखाहरु सञ्चालन गरिरहेको जनाएको छ।
ललिपुरका स्थानीयलाई सेवा पुर्याउने उद्देश्यले जावलाखेलमा शाखा विस्तार गरिएको हबिब्स बेरिना सलूनले जनाएको छ। यो सलूनबाट महिला तथा पुरुष दुबैका लागि सेवा प्रदान गरिने बताइएको छ।
उद्घाटन अवसरमा भारतका चर्चित हेयर स्टाइलिष्ट निलेश पारेखले आफ्नो विशेष हेयर कटिङ तथा स्टाइलिङ शो केस प्रस्तुत गरे।