नो मार्कस फेस अफ दि कलेज सिजन २ को फाइनल शनिबार काठमाडौंमा हुने भएको छ।
विभिन्न कलेजमा गएर विद्यार्थीहरुको छाला परिक्षण मसिनबाट गराउने र छाला सम्बन्धि अन्य विविध जानकारी दिने उद्देश्यले नेपालमा पहिलो पटक सन २०१६ मा देशभरका प्रमुख शहरहरुका ५० वटा कलेजमा अध्ययनरत हजारौं विद्यार्थीहरु वीच फेस अफ दिन कलेजको नामबाट प्रतियोगिताको थालनी भएको थियो।
नो मार्कस नामको क्रिम उत्पादन गर्दै आएको बजाज कर्प इन्डियाले उक्त प्रतियोगिता आयोजना गरेको हो।
छाला सम्बन्धि सचेतना जगाउन समाजिक अभियानको रुपमा अभियानलाइ निरन्तरता दिइएको कम्पनीले जानकारी दिएको छ।