नेपाल एयरलाइन्सले उडानदेखि अफिस व्यवस्थापनसम्मका काम हालकाे तुलनामा छिटाे बनाउन पार्न सफ्टवेयर जडान गर्ने भएको छ।
एभिएसन रिसोर्स म्यानेजमेन्ट सिष्टम(एआरएम्एस् २.५) सफ्टवेयर राख्न एयरलाइन्सले. भारतीय कम्पनी सेओरी डिजिटल सिष्टमसँग आज सम्झौता गरेको छ।
एयरलाइन्सका तर्फबाट महाप्रवन्धक सुगत रत्न कंसाकार र भारतीय कम्पनीका मुम्वईस्थित कार्यालयका कार्यकारी निर्देशक रोहित झाले हस्ताक्षर हस्ताक्षर गरेका छन्।
यो सफ्टवेयर प्रणाली प्रयोगमा ल्याएपछि सुरक्षित उडानदेखि, मर्मत संभार, गुणस्तर सुधारमा समेत सकारात्मक परिवर्तन हुने निगमले जानकारी दिएको छ।
उडान कर्मचारी को कहाँ छ ? कतिको फुर्सदिलो छ भन्ने कुरा पत्ता लगाउनेदेखि आवश्यक पार्टपूर्जा कति र कहाँ छ, त्यस्ता पार्टपूर्जाको आयु कति छ, कुन बेला कस्तो तालिम कसलाई आवश्यक छ र कहिले गर्न सकिन्छ भन्ने कुरा सफ्टवेयरबाट नै हेर्न सकिन्छ । यी काममा हाल मानवीय शक्ति प्रयोग भैराखेकोमा अव नयाँ प्रविधिले सवै कुरा कम्प्युटरमा देखाउने छ र छिटो छरितो काम हुने निगमले बताएको छ।
एयरलाइनससँग यो प्रणाली नहुँदा गन्तव्य विस्तार गर्नदेखि आवश्यक पार्टपूर्जाको व्यवस्थापन गर्न समेत समस्या रहेको थियो ।