बानेश्वर पानी ट्याङ्की विपरीतको फुटपाथ पसलमा विद्यार्थीहरु होलीमा लगाउने टिशर्ट किन्दै थिए। क्याम्पसबाटै होली खेलेर फर्किएका उनीहरु बिहीबार टिशर्ट नै लगाएर होली खेल्ने योजनामा रहेका छन्।
थापा गाउँ बस्ने रस्मीता अर्याल अफ्ना दुई छोराहरुलाई होलीको सेतो टिसर्ट हेर्दै थिइन। श्रीमान र आफुले पनि होली खेल्न टिसर्ट लगाउने तर पोहोर सालकै भएर यसपाली किन्नु नपरेको उनी उनको भनाइ छ।
पछिल्लो सयम राजधानी काठमाडौं लगाएतका सहरमा सेतो टिशर्ट लगाएर होली खैल्ने चलन बढ्दो छ। युवा र बालबालिका यो चलप्रतिको आकर्षण बढी छ।
भारतीय टेलिभिजनमा देखाइने होलीबाट प्रभावित भएर नेपालमा यो संस्कार मौलाएको कतिपयको भनाइ छ।
सेता टिसर्ट पहिले फुटपाथमा धेरै देखिन्थ्यो तर अहिले ठुला फेन्सीहरुले बिषेश प्रथमिकताका साथ राखेको देख्न सकिन्छ।
चितवन रत्ननगर स्थित द स्टार कलेक्सन फेन्सीका संचालक रविन पौडेलले एकदिनको व्यापार मात्र भएकोलो थोरैमात्र टिसर्ट ल्याएको बताउछन्।
‘पोहोर सालकै टिसर्ट स्टकमा थियो यसपाली थोरैमात्र ल्याए’ उनले भने ‘ यसपाली बालबालिकाको टिसर्ट धेरै बिकेको, युवा युवतीको साइजको पनि राम्रै व्यापार भएको छ’ उनले भने।
पछिल्लो एक हप्तादेखी राजधानीको सवैजसो व्यस्त सडक छेउछाउमा होली प्रायोजनकै लागि टिसर्ट बेच्न राखिएको छ। यस्तो टिशर्टको मूल्य १ सय देखी २ सय ५० रुपैयाँसम्म पर्छ।
टिसर्ट १ दिन मात्र प्रयोग हुने भएकोले कसैले पनि महंगो नखोज्ने बानेश्नर फुटपाथमा टिसर्ट बेचिरहेकी रमा अधिकारी बताउछिन्।
ब्यापारीहरुले यस्ता टिसर्ट माहाबौद्ध, भोटाहिटी लगाएतको ठाँउबाट होलसेलमा ल्याउने गरेका छन्। यस्ता टिसर्ट हरुमा ह्याप्पी होली, बुरा नामानो होली हे, दाजु भाई, आयो होली, मनाउ होली रहेर जस्ता स्लोगन लेखिएको छ।
सबै तस्बिरहरु:नारायण महर्जन