स्मार्टफोन ब्राण्ड ओपोले नयाँ डान्स रियालिटी शो बुगी वुगी’को प्रायोजन गर्ने भएको छ। एपी वान टेलिभिजनबाट प्रसारित हुने उक्त शोको मुख्य प्रयोजक ओप्पो हुने र ‘ओपो बुगी वुगी’ नामबाट प्रशारणमा आउने भएको छ।
डान्स रियालिटी शो ले नेपाली प्रतिभालाई दर्शक सामु आफ्नो नृत्य कला प्रदर्शनबाट लोकप्रियता कमाउने अवसर प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ। नेपाली कला उद्योगको लागि नयाँ अवधारणा र प्रस्तुतिका साथ आउन लागेको यो रियालिटी शोमा हजारौँ प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिएको आयोजकले जनाएको छ।
चुनिएका १८ प्रतियोगिले कार्यक्रममा सहभागिताको अवसर पाउनेछन्।
सिर्जनात्मक प्रतिभा र कलाको उजागर गर्न प्रेरित गर्ने उद्धेश्यले यो टेलिभिजन कार्यक्रम गर्न लागेको ओप्पोले बताएको छ। कला, रचनात्मक अभिब्यक्ति र मनोरञ्जन उद्योग युवा पुस्ताको रुचिको विषय संग मेल खाने कार्यक्रम बुगी वुगीको अभिन्न अंगका रुपमा सहकार्य हाम्रा लागि खुशीको विषय हो’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले भने।