आइएमई लमिटेड पछिल्लो समय ल्याएको ‘आइएमई गरौँ, आईफोन एक्स जितौं’ ले संचालनमा ल्याएको स्किमको दोस्रो तथा अन्तिम विजेता राजेश राई भएका छन्।
कम्पनीले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपमा रहेका सेवाग्राहीहरूलाई लक्षित गरि गत डिसेम्बर १५ देखि दुई महिना लामो स्किम सार्वजनिक गरेको थियो ।
स्किम अन्तर्गत नेपालमा पैसा लिने सेवाग्राहीहरू मध्येबाट हरेक दिन पाँच जना विजेतालाई प्रतिव्यक्ति २ वटा चन्द्रागिरि केवलकारका टिकट उपलब्ध गराइएको थियो भने प्रत्येक महिना एकजना विजेतालाई ‘आइफोन एक्स’ उपलब्ध गराइएको थियो ।
विजेता छनोट कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख विक्री अधिकृत रुद्रराज पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम किल्क गर्दा संयुक्त अधिराज्य बेलायतबाट नेपालमा आइएमई गरि ३४ हजार ४ सय ३६ पठाउने आइएमई सेवाग्राही राई छनोट भएका आइएमइले जानकारी दिएको छ।
त्यस्तै योजना अवधिमा विदेशस्थित आइएमईका व्यवसायिक साझेदार संस्थाहरु जस्तैः– मनी ग्राम, एक्सप्रेस मनी र इन्स्टेन्ट क्यासमार्फत आइएमई गरि नेपाल पठाएको पैसा लिने सेवाग्राहीहरू मध्येबाट लाल बहादुर गुरुङ्ग विजेता छनोट भएका छन्।