आगामी असारभित्र नेपाल ल्याइपु¥याउने लक्ष्य लिएको नेपाल एयरलाइन्सले निर्माणाधिन एयरबस ३३० वाड बडी विमानको अवलोकन गर्न चैत १५ भित्र फ्रान्स जाने भएको छ।
फ्रान्समा विमान निर्माण भइरहेको र विमान आपूर्ति गर्ने एएआरले प्राविधिक अवलोकनको लागि एयलाइन्सको टोलीलाई यही मार्चंभित्र बोलाउने भनिएपनि दिन भने निश्चत भएको छैन।
मार्चभित्र अवलोकनका लागि बोलाउने भनेर एएआरले एयरलाइन्सलाई पत्राचार गरेको भएपनि दिन भने निश्चित नभएको निगमका निर्देशक तथा प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए।
२०७५ सालको बैशाखदेखि असारको बीचमा विमान नेपाल आइपुग्ने कार्यतालिका रहेको छन्। सोहीअनुसार निर्माणको काम भइरहेको श्रेष्ठले बताए।
‘हामी तोकिएकै मितिमा विमान ल्याउछौं र त्यसको लागि केकस्तो छ भनेर अवलोकनको लागि यही मार्चमा फ्रान्स जान्छौं’ श्रेष्ठले भने।
अन्तर्राष्ट्रिय उडानका लागि हाल तीनवटा विमान भएको एयरलाइन्सले थप २ वाइड बडी ल्याएपछि लामो रुटमा उडान गर्ने तयारीमा छ।
कोरिया र जापान उडानका लागि एयरलाइन्सले तयारी गरिसकेको छ।
श्रेष्ठका अनुसार कोरियामा ग्राउन्ड ह्यान्डलिङ सेवाप्रदायकको छनौट भइरहेको र जापानको लागि पनि टेन्डर आव्हान भएको छ।
जापान, चीन र अष्ट्रेलियाजस्ता देशमा उडानका योजना बनाएको निगमले पहिलो उडान दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्ने भएको छ।
त्यसको लागि एयरलान्सले हप्ताको तीन दिन उडान गर्ने अनुमति पनि लिइसकेको छ।
पोर्चुगिच कम्पनी हाइफ्लाईले अर्डर गरेका विमान हाल निर्माणधिन रहेका र अप्रिलमा डेलिभरी डेट फिक्स गर्ने श्रेष्ठले जानकारी दिए।
नेपाल एयरलाइन्सले सम्झौता बमोजिम करिब १० अर्ब रुपैयाँ पठाइसकेको छ। कूल २१ अर्ब रुपैयाँ तिर्नुपर्नेमा बाँकी रकम विमान डेलिभरी हुनुभन्दा एकहप्ता अगाडिमात्र बुझाउने छ।