कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” क्याम्पेनको पहिलो ५ जना भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ।
यस योजना अन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले सम्पुर्ण खर्च सहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउने कोकाकोलाले जनाएको छ।
कोकाकोलाको अनुसार हरेक हप्ता ४ जना बिजेताको नाम लक्की ड्र मार्फत छनोट हुनेछ, २ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्ने छन्। यसका साथै हरेक दिन २०० जनाले फिफाको लोगो अंकित बिशेष उपहार जित्न सक्नेछन्।
अहिलेसम्मको घोषित बिजेतामा सिनामङ्गलका शुसिलकुमार शाह, छाउनीका अनिश ठकुरी, बौद्धका ग्याम्सो लामा, कपनका नरेश बिष्ट र स्वयम्भुकी आकृति थकाली रहेका छन्।
त्यसैगरी २ जना २४ इन्च टेलिभिजन बिजेतामा भक्तपुरका बिज्ञान अधिकारी र नवलपरासीका नारायण चालिसे रहेको कम्पनीले जनाएको छ।
अफरमा अझै ३५ जना भाग्यशाली बिजेताले रसिया जाने अबसर पाउन बाँकि रहेको कोकाकोलाले जनाएको छ।
यस अफरमा सहभागी हुनका लागि उपभोक्ताले १० अंकको युनिककोड जुन लेबलको पछाडि राखिएको हुन्छ, त्यसलाई कोक <स्पेस>युनिककोड लेखि ३७७२२ मा एसएमएस गर्नुपर्ने कम्पनीले जनाएको छ।