नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला–नगरतर्फको उपाध्यक्षमा किशोर प्रधान निर्वाचित भएका छन्।
आज शुक्रबार भएको निर्वाचनबाट प्रधान विजयी भएका हुन्।
निर्वाचनमा किशोर प्रधान, निरक केसी र प्रकाश साउद बीच प्रतिस्पर्धा भएको थियो।
अघिल्लो वर्षका विजेता प्रमोद श्रेष्ठ गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेसँगै उनको पद खारेज भएको थियो।