सिद्धार्थ उद्योग वणिज्य संघको अध्यक्षमा कुलप्रसाद न्यौपानेको प्यानल निर्वाचित भएको छ।
अध्यक्ष पदमा न्यौपानेले ८ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिष्पर्धी डा.शान्तकुमार शर्माले ६ सय ७३ मत प्राप्त गरेका छन्। उनिहरु बिच १ सय ९६ संख्याको मतान्तर रहेको छ।
वरिष्ठ उपाध्यक्षमा भिष्मप्रसाद न्यौपानेले ९ सय २७ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिष्प्रधी नवराज न्यौपानेले ६ सय ४६ मत प्राप्त गरेका थिए।
निर्वाचित भएपछि प्रतिक्रिया दिंदै नवनिर्वाचित अध्यक्ष न्यौपानेले सबैलाई मिलाएर व्यवसायी हकहितमा काम गर्ने जनाउंदै संघलाई नयां उचाईमा पुर्याउने बताए।
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य संघहरु मध्ये सिद्धार्थनगर उद्योग बाणीज्य संघ क श्रेणीको उद्योग बाणिज्य संघ हो।