कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” क्याम्पेनको दोस्रो हप्ताको ४ जना भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ।
यस योजना अन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन्।
त्यसका साथै २ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्नेछन्। साथै हरेक दिन २०० जनाले फिफा र कोकको लोगो अंकित बिशेष उपहार जित्न सक्ने कम्पनीले जनाएको छ।
कोकाकोलाका अनुसार बिजेता छनोटका लागि हरेक हप्ता ४ जना भाग्यमानी बिजेताको नाम लक्की ड्र मार्फत छनोट हुनेछ साथै हरेक दिन २०० जनाले फिफाको लोगो अंकित बिशेष उपहार जित्न सक्ने छन्।
दोस्रो हप्ताको रसिया टुर बिजेतामा महेश राई – लाजिम्पाट,. ओमनाथ श्रेष्ठ – ठिमी, राजिब प्रधान – इमाडोल, आशिष मान शिंह – न्यु रोड थिए भने २४ इन्चको टेलिभिजन बिनु तामाङ – कालोपुल, बुद्ध बहादुर लामा – कपुरधारा,लाजिम्पाटले प्राप्त गर्न सफल भए।
यी ४ जना भाग्यशाली बिजेताले पहिलेका ५ जना बिजेतासंग विश्वकप २०१८ प्रत्यक्ष हेर्न जाने छन्।
कम्पनीका अनुसार अझै ३१ जना भाग्यशाली बिजेताले रसिया जाने अबसर पाउने छन्। यसमा सहभागी हुनका लागि उपभोक्ताले १० अंकको युनिककोड जुन लेबलको पछाडि राखिएको हुन्छ, त्यसलाई कोक <स्पेस> युनिककोड लेखि ३७७२२ मा एसएमएस गर्नु पर्नेछ।