आइएमईले नयाँ वर्षलाई लक्षित गरी ‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ नामक ब्यापार प्रवर्धनात्मक योजना सार्वजनिक गरेको छ।
चैत ०१ गतेदेखि जेठ मसान्त सम्म गरी तीन महिना कायम हुने यस योजना अन्तर्गत विदेशबाट आइएमई गर्ने सेवाग्राहीले साप्ताहिक ‘लक्की ड्र’ मा डिस होम, मासिकमा स्मार्ट फोन र बम्पर मा ४२ इन्चको एलइडी टिभी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस योजना अवधिमा गरिएका कारोबारको ‘लक्की ड्र’ कारोबार नम्बरका आधारमा सफ्टवेयर पद्वति मार्फत हुने र सोको जानकारी कम्पनीका आधिकारिक सामाजिक संजाल पेज र संचारका माध्यम मार्फत सार्वजनिक गरिनेछ।
त्यस्तै मलेसिया स्थित रिया आइएमईले नेपाली नयाँ वर्षको अवसरमा ‘न्यू इयर बोनन्जा’ स्किम सार्वजनिक गरेको छ। यो योजना चैत ०६, देखि वैशाख १७ (तदनुसार २० मार्चदेखि ३० अप्रील, २०१८) गरि ४० दिनसम्म कायम हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस योजना अन्तर्गत मलेसियास्थित रिया आइएमईबाट कारोबार गर्ने सेवाग्राहीले पाक्षिक रुपमा स्मार्ट फोन र महिनाको अन्त्यमा ३२ इन्चको एलइडी टिभी प्राप्त गर्नसक्ने छन्।
आइएमईले नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ६० आइएमई सेन्टर सहित ७५ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् सेवा दिंदै आइरहेको जनाएको छ।