कैलाश हेलिकप्टरले आजदेखि व्यवसायिक उडान सुरु गर्ने भएको छ। कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट शुक्रबार वायुयान संचालन अनुमति(एओसी) पाएपछि शनिबारदेखि व्यवसायिक उडान गर्ने कैलाश हेलिकप्टर सर्भिसेज प्रालीले जानकारी दिएको छ।
कैलाशले एयरबसले फ्रान्समा बनाएको नयाँ हेलिकप्टर ल्याइसकेको छ। यसले ब्क्घछण्द्यघभ हेलिकप्टर खदि गरेर ल्याइसकेको छ। नेपाली दर्ता नम्बर 9N AML उक्त हेलिकप्टरबाट सेवा सुरू हुने कम्पनीले जानकारी दिएको छ।
अबको केही समयभित्र अर्को हेलिकप्टर थप गर्ने कम्पनीले बताएको छ।
पर्यटन उद्योग र अत्यावश्यकीय सेवाका क्षेत्रमा सेवा दिन सकिने कम्पनीले प्रतिबद्धता जनाएको छ। कम्पनीले विरामीको तत्काल उपचारका लागि गन्तव्यसम्म पुर्याउने,कर्पोरेट फ्लाइट, ह्युमन कार्गो स्लीङ अपरेसन्स, हाइअल्टिच्युट अपरेसन, एरियल सर्भे, दृश्यावलोकन, माउन्टेन फ्लाइट, स्पेशल एडभेञ्चर मिसन,फिल्मिङ, स्काइ डाइभिङ,प्राकृतिकप्रकोप उद्धार सेवा दिने कैलाशले जानकारी दिएको छ।
नेपालमा हाल व्यवसायिक गविधि विस्तार भएपनि उड्डय सेवा भने सुगम क्षेत्रभन्दा माथि जान नसकेको र कैलाशको आगमनहुले त्यसको अभाव पूर्ति हुने कम्पीका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेको विश्वास छ।