कतार एयरवेजले रोममा आफ्नो साझेदारी मनाउँदै शनिबार आयोजित कार्यक्रममा एयरलाइनलाई मर्सिडिज ईक्यूद्वारा प्रस्तुत सिबिएमएम नियोबियम रोम ई–प्रिक्सको आधिकारिक एयरलाइन पार्टनरको रूपमा प्रतिनिधित्व गर
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भनेः “गत वर्षको रोमाञ्चक फर्मूला ई सिजनपछि कतार एयरवेजले पेरिस र न्युयोर्कमा हुने ई–प्रिक्सको प्रमुख प्रायोजक मात्र नभई रोम र बर्लिनमा हुने प्रतियोगिताको पनि आधिकारिक एयरलाइन्स पार्टनरको रुपमा साझेदार हुन पाउँदा हामी हर्षित छौँ।”
संसारभरिका यात्रीहरुद्वारा स्काइट्रेक्स २०१७ वर्षको सर्वाेत्कृष्ट एयरलाइन घोषित हुनुको साथै कतार राज्यको यस राष्ट्रिय विमान सेवाले गत वर्षको समारोहमा ‘सर्वश्रेष्ठ एयरलाइनः मध्य पूर्वी एसिया’, ‘विश्वको सर्वश्रेष्ठ बिजनेस क्लास’ तथा ‘विश्वको सर्वश्रेष्ठ फस्र्ट क्लास एयरलाइन लाउन्ज’ सहित विभिन्न महत्वपूर्ण पुरस्कारहरु हात पारेको बताएको छ।
कतार एयरवेजले १५० भन्दा बढी स्थलहरूबाट आफ्ना यात्रीहरूसँग ‘गोइङ प्लेसेस टुगेदर’को २० वर्ष उत्सव मनाउँदै आएको जनाएको छ।
एयरलाइनले २०१८ मा थेस्सालोनिकी, ग्रीस र कार्डिफ, बेलायत सहित अन्य नयाँ स्थानहरू यसको बढ्दो नेटवर्कमा थप्दै आफ्नो २०० भन्दा बढी आधुनिक एयरक्राफ्टमा यात्रुहरूलाई उडाउने योजना बनाएको बताएको छ।