यातायात क्षेत्रमा सिन्ठिकेछ तोड्ने सरकारी निर्णयको नेपाल चेम्बरा अफ कमर्सले स्वागत गरेको छ।
सबै प्रकारको सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने विगतदेखि चेम्बरले माग गर्दै आएको चेम्बरको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।
‘आर्थिक उदारीकरण प्रारम्भ भएको दुई दशक भन्दा वढी सयम व्यतित भइसकेको खुला बजार नीति अवलम्वन गरेको मुलुकका लागि सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सादर्भिक छैन, चेम्वरद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
सरकारको यो प्रयासमा सहयोग गर्न पनि चेम्वरले सवैसँंग विशेष आग्रहसमेत गरेको छ ।
सरकारको निर्णयको बिरोधमा यातायात व्यवसायीले गरेको आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिनसमेत चेम्वरले सरोकारवाला यातायात व्यवसायीहरुसँंग अनुरोध गरेको छ ।