उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले पेट्रोलियम ढुवानी रोके ट्याकर नियन्त्रणमा लिने चेतावनी दिएका छन्।
केही दिनअघि नेपाल पेट्रोलियम ढुवानी महासंघले सिण्डिकेट पक्षधर व्यवसायीलाई समर्थन गर्ने घोषणा गरेको थियो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज देशभर सिण्डिकेट खारेजीको विरोधमा सार्वजनिक सवारी चलाएका छैनन्। सरकारले यस्ता व्यवसायीको रुट परमिट निलम्बन गर्ने निर्णय गरेको छ।
पेट्रोलियम ढुवानी महासंघले वैशाख २८ गतेदेखि ट्याङ्कर रोक्ने घोषणा गरेका छन्।
मन्त्री यादवले आफूले व्यवसायीलाई पेट्रोलियम ढुवानी रोकिए ट्याङ्कर नियन्त्रणमा लिएर प्रहरी र सेनालाई दिने बताए। ‘आज दिनभर म पनि निगरानीमा थिएँ, कसैले पेट्रोलियम ढुवानी यता उता गरेको छ कि भनेर’, यादवले सेतोपाटीले भने, ‘मैले भनेको छु रोकियो भने सबै सिज गर्दिन्छु। प्रहरी र सेनाको ड्राइभर लगाउँछु। जसले गाडी चलाउँदैन उसको लाइसेन्स पनि खोस्ने हो।'