नेपाल एयरलाइन्सले ३० वर्ष पुरानो बोइङ बिक्री गर्ने भएको छ। व्यावसयिक उडानका लागि उपयुक्त नभएको भन्दै एयरलाइन्सले गण्डकी नामको बोइङ बिक्रीको प्रक्रिया अगाडि बढाएको छ।
निगमले जहाजको मूल्यांकन गर्न परामर्शदाता खोज्न सुरु गरेको छ। उसले २१ दिने टेनडर प्रकाशित गरिसकेको छ।
परामर्शदाता नियुक्त भएपछि उसले दिएको मूल्यामा आधारित रहेर ४५ दिने टेन्डर निकालेर किन्न इच्छकलाई आव्हान गरिने एयरलाइन्सका साहयक प्रवक्ता शैलेश कंशाकारले जानकारी दिए।
यसभन्दा अगाडि पनि एयरलाइन्सले कर्णाली नामको बोइङ बिक्री गरिसकेको छ। अघिल्लो जहाज १५ करोडमा बिक्री गरेको एयरलाइन्सले यो जहाज पनि त्यही प्रक्रियाबाट बिक्री गर्ने जनाएको छ।
२०४५ मा किनेको उक्त जहाजले किफायति उडान गर्न छाडेको भन्दै नेपाल एयरलाइन्सले अघिल्लो वर्ष नै बिक्री गर्ने घोषणा गरेको थियो।
नेपाली दर्ता नम्बर ‘९एन–एसीबी’ रहेको उक्त जहाजको निर्माण भएको २९ वर्ष ८ महिना भएको छ। याे जहाज २०७५ काे अन्त्यसम्म नेपाल एयरलाइन्सले नै चलाउने र त्यसपछि बिक्री गरिसक्नेगरी काम अगाडि बढाइएकाे एयरलाइन्सका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए।
योसँगै एयरलाइन्सले अब एयरबसमात्र चलाउने भएको छ।
बाेइङ बेचेसँगै एयरलाइन्सले साउनभित्रै दुइ एयरबस वाइडबडी जहाज ल्याउँदै छ भने बाँकी २ न्याराेबडी जहाज खरिदकाे प्रक्रिया पनि तत्काल अगाडि बढाउने एयरलाइन्ले बताएकाे छ।