चालु आर्थिक वर्षको ९ महिनाभित्र अघिल्लो वर्षभर भन्दा बढी औद्योगिक वस्तुको आयात बढेको छ। उपभोग्य वस्तुको तुलनामा पुँजीगत वस्तुको आयात बढेको निर्यात प्रबद्र्धन केन्द्रको तथ्यांकमा उल्लेख छ।
केन्द्रका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष मेशिनरी वस्तुको आयात ५४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको नौ महिनामा ६१ अर्बको आयात भएकोमा यो वर्ष ९४ अर्ब पुगेको छ।
त्यस्तै फलाम तथा स्टिलको आयात पनि २६ प्रतिशतले बढेको छ भने सिमेन्ट क्लिंकर ३५ प्रतिशतले बढेको छ। रसायनिक मलको आयात ८० प्रतिशतले बढेको यो अवधिमा अन्य रसायनको आयात पनि २६ प्रतिशतले बढेको छ।
यो बीचमा गाडीको आयात १ प्रतिशतले घटेको छ। त्यस्तै विद्युतीय सामग्रीको आयात र खाद्यन्नको आयात बृद्धिदर सिमित भएको छ। खाद्यन्न आयात ११ प्रतिशतले बढेको छ भने विद्युतीय सामग्री ८ प्रतिशतले ।