नेपाल भरका दुर्गम क्षेत्रको हवाई भाडा बढ्ने भएको छ। निजी हवाई सेवा प्रदायकहरुको संस्था वायुुुसेवा संचालक संघ नेपाल(आयोन)ले जेठ १० गतेदेखि भाडा बढाउने तयारी गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालयले भाडा बढाउन सहमति दिइसकेको छ।
५४ प्रतिशत भाडा बढाउन सहमति दिएपनि भाडादर भने निश्चित नभएको आयोनका प्रमुख कार्यकारी कमलेश बर्माले जानकारी दिए।
भाडामा इन्धनशूल्क मिलान भएपछि यात्रुले तिर्नुपर्ने भाडादर तय हुने बर्माको भनाइ छ।
हवाई भाडादर सरकारले तोकेको निश्चित हुन्छ भने त्यसमा इन्धन चार्ज छुट्टै शिर्षकमा हुन्छ। इन्धनको मूल्य ४ रुपैयाँले घटबढ हुँदा भाडादर पनि परिवर्तन हुने गरेको छ।
नयाँ भाडादर लागू भएपछि दुर्गम क्षेत्रमा एक घण्टा उडान दुरीमा यात्रा गर्दा इन्धन शुल्क बाहेक ५ हजार ९ सय रुपैयाँ हुने छ। यसअघि यो भाडा ३ हजार ८ सय रुपैयाँ थियो।
योसँगै अब डोल्पा, जुम्ला, हुम्ला, बझाङ, बाजुरा, कालिकोट, मुगुजस्ता क्षेत्रमा हवाई भाडा बढ्ने भएको हो।