निजी क्षेत्रको हवाइ कम्पनी यती एयरलाइन्सले पोखरामा ठूलो जहाज एटिआर ७२–५०० उडान सुरू गरेको छ।
यतीले काठमाडौं–पोखरा–काठमाडौं रूटमा बुधबार उडान सुरू गरेको हो। यतीले पछिल्लो पटक ल्याएको ७२ सिट क्षमता भए पनि पोखरामा ६० जना यात्रु ल्याउने छ।
पर्यटकीय सिजन सुरू भएसँगै यात्रुको संख्या बढेकाले ठूलो जहाजबाट सेवा सुरू गरेको यतीका एयरलाइन्सका सञ्चार अधिकृत भीमराज राईले जानकारी दिए।
उनले बुधबार मात्रै बिहान ७ र ९ बजे दुइटा उडान एटिआर ७२–५०० बाट गरेको जानकारी दिए। उनले आवश्यकता अनुसार उडान थप गर्दै जाने बताए।
एटिआर बाहेक यतीले ३० सिट क्षमताको जेटस्ट्रिम ४१ जहाजबाट पनि अरु उडान गर्ने उनले बताए । यतीले यतिबेला काठमाडौं–पोखरा–काठमाडौं रुटमा दैनिक १० वटासम्म उडान नियमित गर्दै आएको छ। बुद्ध एयरले यस अगाडि नै काठमाडौं पोखरा रूटमा एटिआ ७२ उडान गर्दै आएको थियो।