अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल एयरलाइन्सलाई सार्वजनिक कम्पनी मोडलमा लिएर संचालन गर्न सुझाव दिएका छन्। सरकारी स्वामित्वमा रहँदा सरकारले पैसा तिरिरहनु पर्ने भएपछि अर्थमन्त्रीले कम्पनी मोडलमा गएर चलाउन उपयुक्त हुने सुझाव दिएका हुन्।
नेपाल एयरलाइन्सका उच्च अधिकारीसहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रको टोलीलाई खतिवडाले कम्पनी मोडलमा लिएर विदेशी साझेदार ल्याएर चलाउन सुझाव दिएको भेटमा संलग्न एक अधिकारीले जानकारी दिए।
जहाज किन्न र कम्पनी चलाउन बजेट माग गर्दै अर्थमन्त्री भेट्न पुगेको टोलीलाइ खतिवडाले कम्पनी मोडलमा गएर एयरलाइन्स आफै संचालन हुन सक्षम हुनुपर्ने सुझाएका हुन्।
व्यवस्थापन सुधार गरी चुस्त दुरुस्त एयरलाइन्स संचालनका लागि केही सेयर सर्वसाधारणलाइ दिएर सार्वजनिक कम्पनीमा जान अघि बढ्नुपर्ने उनको आसय रहेको छ।
अर्थमन्त्रीमात्र हो नेपाल वायुसेवा निगम संचालक समितिमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने श्रीकृष्ण नेपालले पनि वैठकमै पटकपटक कम्पनी मोडलमा लिनुपर्ने कुरा राख्दै अएका छन्।
सरकारी स्वामित्वमा रहेसम्म एयरलाइन्स जेनतेनमात्र चल्ने भएकोले कम्पनीमा जानुपर्ने उनले कुरा राख्दै आएका छन्।
तर यसमा भर्खरैमात्र निगमको कार्यकारी अध्यक्ष भएर अएका मदन खरेल भने त्यति सकारात्मक देखिंदैनन्।
कर्मचारीकै विरोध हुने डरले उनी अघि बढ्न डराइरहेका छन्।