पोखरा १७ पार्दी विरौटामा चिकन पोइन्ट र अत्याधुनिक पोल्टी बधशाला सञ्चालनमा आएको छ।
फेवा मिट प्रोडक्ट्स प्रालिले सञ्चालन गरेको उद्योगको मंगलबार गण्डकी प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेका हुन्।
उनले गुणस्तरिय खाद्य पदार्थ उत्पादन ठूलो उपलब्धि भएको बताए।
कुखुरा तथा कुखुराजन्य वस्तुको माग बढी भएकोले पोखरामा अत्याधुनिक पोल्टी बधशाला तथा फेवा चिकन पोइन्ट सञ्चालनमा ल्याएको फेवा मिट प्रोडक्ट्स प्रालिका प्रबन्ध निर्देशक तथा चन्द्रकान्त बरालले बताए।
उनले गण्डकी प्रदेशमा दैनिक ४५ हजार कुखुराको मासु खपत हुँदै आएको फेवा मिटले करिब ६ प्रतिशत अर्थात् दैनिक २ हजार ५ सय केजी कुखुरा विक्री गर्दै आएको बरालले जानकरी दिए।
ईटलीबाट ल्याएको अत्याधुनिक मेसिनले दैनिक करिब ४ हजार कुखुरा स्लटिङ गर्न सकिने उनले बताए।
अन्तर्राष्ट्रिय बजारमा लैजान सक्ने गरी गुणस्तर उत्पादन गर्ने उनको भनाइ थियो। फेवा मिट प्रोडक्ट अन्तरगत चिकेन पोइन्टले चिकेनका ७ प्रोडक्ट बजारमा ल्याएको प्रालिका अध्यक्ष सूर्यप्रसाद बरालले बताए।
पोखरा क्षेत्रमा स्तरीय खाजा, रेष्टुरेण्ट कम मात्रामा भएकोले बजारको माग अनुसार आफूहरूले चिकेन प्वाइन्टबाट खाजाका विभिन्न परिकार बजारमा ल्याउने उनले बताए।
चिकेन रोल, चिकेन फ्राई, चिकेन ग्रिल फ्राई, चिकेन विर्यानी, चिकेन वन, चिकेन सोर्मा, लगायतका खाजाका आइटहरू उपलब्ध हुने बरालको भनाइ थियो।
पोखरामा होम डेलिभरी गरी करिब एक घण्टाभित्र खाजाको आइटम घर मै पुर्याउने लक्ष्य रहेको उनले बताए।
फेवा चिकन पाइन्टमा ५५ जनालाई प्रत्यक्ष रोजगार पाएको उनले बताए। बधशाला तथा चिकन पोइन्टमा करिब ६ करोड लगानी भएको उनले बताए ।