युरोपेली मुलुक फिनल्यान्डको एयरलाइन्सले काठमाडौं उडान गर्ने इच्छा देखाएको छ। फिन एयरले काठमाडौं उडान गर्ने इच्छा देखाएपनि दुई देशबीच हवाई सम्झौता भने भएको छैन।
मन्त्रालयका अधिकारीहरुका अनुसार एयरलाइन्सले काठमाडौं उडान गर्ने इच्छा देखाएपछि हवाई सम्झौताका लागि फिनल्यान्डकै तर्फबाट पहल भएको छ।
दुई देशबीच हवाई सम्झौता भएमा फिन एयरले नेपाल उडानका लागि अनुमतिका लागि प्रक्रिया सुरु गर्ने ढोका खुला हुने छ।
फिन एयर फिनल्यान्डको राष्ट्रिय ध्वजाबाहक हो। जसमा सरकारको स्वामित्व ५५ प्रतिशत रहेको छ।
कुनै पनि दुई देशका एयरलाइन्सले एकआपसमा उडान गर्नका लागि पहिला हवाई सम्झौता भएको हुनुपर्छ। नेपालले हालसम्म ४० देशसँग हवाई सम्झौता गरेको छ।
नेपालले हालैमात्र अष्ट्रेलियासँग सम्झौता गरेको हो।