नेपाल नागरिक उड्डयन प्राधिरकरणले पहाडी क्षेत्रका विमानस्थल विस्तार गर्ने भएको छ। नेपालमा विमानस्थल निर्णमा तथा सञ्चालनको काम गरिरहेको हवाई क्षेत्रको नियमक प्राधिकरणले अहिले भएका कतिपय विमानस्थलको धावनमार्गको लम्बाई विस्तार गर्ने तयारी गरिरहेको छ।
सम्भाव्य विमानस्थलमा रहेको अहिलेको धावनमार्गलाई केही लामो बनाउनका लागि तयारी सुरु गरिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
अहिले अधिकांस पहाडी क्षेत्रका विमानस्थलको धावनमार्ग ६ सय मिटर रहेको छ। छोटो धावनमार्ग हुँदा उडान तथा अवतरणमा केही बाधा उत्पन्न हुने भन्दै प्राधिकरणले विस्तार गर्न लागेको हो।
अहिले भएको धावनमार्गलाई केही लामो बनाउँदा त्यसको फाइदा अहिले उड्ने जहाजहरुले लिने छन्।
उडान तथा अवतरणका लागि अहिलेका जहाजलाई सजिलो हुने र त्यसबाट सेफ्टी परिपालना राम्रो हुने पोखरेलको विश्वास छ।
धावनमार्ग विस्तार हुँदा त्यसले दीर्घकालिनरुपमा हवाई यातायातलाई अझै सजिलो बनाउने छ।
अहिले अधिकांस पहाडी क्षेत्रका छोटा धावनमार्ग भएका विमानस्थलमा १९ सिट क्षमताका जहाजमात्र उडान तथा अवतरण गर्न सक्छन्। यसले गर्दा दुर्गमको हवाई यात्रा महंगो हुने गरेको छ।
जहाज प्रविधिमा भएको पछिल्ला केही परिवर्तनले छोटै धावनमार्ग भएका विमानस्थलमा पनि धेरै यात्रु क्षमता भएका जहाज उडान तथा अवतरण गर्नसक्ने छन्।
यसमध्ये एटिआरले पनि पछिल्लो जहाज ल्याउने तयारी गरिरहेको छ। एटिआर ४२-६००एस सिरिजको उक्त जहाज ल्याउनका लागि एटिआरले तयारी गरिरहहेको छ। उसले ल्याउन लागेको उक्त जहाज ८ सय मिटरको धावगनमार्गमा उड्नसक्ने छ।
जहाजले ४० जहाज यात्रु बोक्ने क्षमता राख्ने छ।
यो जहाज नेपालका कति विमानस्थलमाा उडान सकिन्छ भनेर एटिआर स्वयम् आफै आएर अध्ययन गरिरहेको छ। उसले अहिलेका पहाडी क्षेत्रका विमानस्थलको केही क्षमता बढाएमा उडान गर्न सकिने प्रारम्भिक जानकारी गराएको छ।
यदि नेपालका पहाडी विमानस्थलको धावनमार्गको लम्बाइ ८ सय मिटर भएमा उक्त जहाज नेपाल आउनसक्ने अनुमान गरिएको छ। तर प्राधिकरणले उक्त जहाजका लागि नभइ विमानस्थलको क्षमता बढाउन धावनमार्ग विस्तार गर्न खोजिएको प्रष्ट पारेको छ।
प्राधिकरणका अनुसार अहिलेसम्म जुम्मला र जोमशोमको धावनमार्ग ८ सय मिटर बनाउन सकिने छ।
नेपालमा अहिले कूल विमानस्थलको संख्या ५५ पुगेको छ। यसमा अधिकांस साना विमानस्थल रहेका छन्। पहाडी तथा हिमाली क्षेत्रमा साना विमानस्थल छन्।
५५ मध्ये ३४ विमानस्थल कालोपत्रे भएका छन्। यी विमानस्थल १२ महिना उडान तथा अवतरण गर्नयोग्य हुन्।
तर हालसम्म १८ विमानस्थल भने सञ्चालनमा छैनन्।