सरकारले चैत ११ गते विहानदेखि देशभर लकडाउनको घोषणा गर्यो। १० गते राति सरककारले उक्त घोषणा गरेपछि कति मान्छेहरु रातारात गन्तव्यमा पुगे। कति बाटोमै केहीदिन अल्झिए।
माउन्टेन हेलिकप्टरको हेलिकप्टर पनि काठमाडौं बाहिर नै अड्कियो। विमानस्थल क्षेत्रभन्दा बाहिर रहेको उक्त हेलिकप्टर ल्याउनका लागि कम्पनीले ११ गतेदेखि नै पहल गरिरहेको छ।
माउन्टेन एयरको उक्त हेलिकप्टर केही समयदेखि पूर्वाञ्चल क्षेत्रलाई आधार बनाएर उडान गरिरहेको थियो। कम्पनीले त्यही क्षेत्रमा रहेको पाथीभरा लगायतका ठाउँमा जानेहरुलाई सेवा दिइरहेको थियो।
सरकारले लकडाउनको घोषणा गरेको दिन पाइलटको उडान आवर सकिएका कारण हेलिकप्टर त्यही छाडेर काठमाडौं फर्किएका थिए।
हेलिकप्टर फुङलिङ बजारमा रहेको माउन्टेनका हेलिकप्टरका प्रबन्ध निर्देशक दिलबहादुर वलीले जानकारी दिए।
लकडाउन भएपछि हेलिकप्टर ल्याउनका नजिकैको विमानस्थलमा जहाजमा जानुपर्छ कि अर्को हेलिकप्टर लिएर जानुपर्छ। त्यसकका लागि गृहमन्त्रालयबाट अनुमति पाउनुपर्ने हुन्छ।
उडान अनुमतिका लागि लकडाउन भएका दिनदेखि अनुरोध गरिरहेको तर आजसम्म अनुमति नपाएको वलीले जानकारी दिए।
'विमानस्थल क्षेत्रमा भएको भए केही हुन्थेन। तर त्यो विमानस्थल बाहिर भएकाले सुरक्षाको पनि चिन्ता रहेको छ। त्यसैले हामी निरन्तर प्रयास गरिरहेका छौ' वलीलले भने।
तीनओटा हेलिकप्टर भएको माउन्टेनको 'नाइएन-एएलडी' नेपाली दर्ता नम्बरको हेलिकप्टर आजसम्म पनि फुङलिङमै रहेको छ।