कतार एयरवेजले संसारभरका अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई निशु:ल्क टिकट दिने भएको छ। कतारले १ लाख त्यस्ता स्वास्थ्य पेशाकर्मीलाई टिटेक दिने घोषणा गरेको हो।
कोरोना महामारी रोकथाम तथा उपचारमा नायकीय भुमिका निभाएकोमा सम्मान स्वरुप निशु:ल्क टिकेट दिने कतार एरवेजले घोषणा गरेको छ।
महामारी सुरु भएपछि सयबढी चार्टर उडानबाट लाखौं परदेशीलाई स्वदेश पुर्याउने काम गरेको एयरवेजले जानकारी दिएको छ।
यस्तो निशु:ल्क टिकेट पाउनका लागि त्यस्ता स्वास्थ्यकर्मीले १२ मे देखि १८ मेसम्म रजिष्टर गर्नुपर्ने छ।
qatarairways.com/ThankYouHeroes यो लिंकमा गएर उनीहरुले दर्ता गर्नुपर्ने छ। यसमा दर्ता गर्ने पहिलो १ लाखले निशुल्क टिकेट पाउनेछन्।
संसारको कुनै पनि देशमा कार्यरत भएपनि उनीहरु दर्ताका लागि योग्य हुने छन्। दर्ता गरेपछि उनीहरुले एउटा प्रमोशन कोड पाउनेछन्। त्यसबाट उनीहरुले दुई इकनोमी क्लासका टिकेट बुक गर्न पाउने छन्। यसमा जाने र आउने टिकट हुनेछन्।
कतार एयरवेजको उडान नेटवर्क भएका सांसरका कुनै पनि गन्तव्यमा पाउने यस्तो टिकेट पाउने निश्चित भउकाहरुले २६ नोभेम्बर अघि बुक गरिसक्नुपर्ने छ। उनीहरुले त्यस्तो टिकटबाट १० डिसेम्बर २०२० भित्र यात्रा गरिसक्नुपर्ने छ।
कोरोना महामारीबाट जीवन रक्षार्थ खटिएका हिरोहरुका लागि सम्मान स्वरुप यस्तो प्याकेज ल्याइएको कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले बताएका छन्।
'अहिलेको अनिश्चत समयमा तदारुकताका साथ जीवन रक्षार्थ खटिएका स्वास्थ्यकर्मीहरुलाई हामी धन्यवाद दिन चाहन्छौ। उनीहरुको दया,तदारुकता र पेसागत इमान्दारिताले लाखौ जनताको ज्यान जोगिएको छ। यसैको सम्मानमा हामीले गर्नसक्ने गरेका छौ' उनले भनेका छन्।
यसका साथै स्वास्थ्यकर्मीहरुले कतार ड्युटी फ्री रिटेल आउटलेटमा ३५ प्रतिशत छुट पनि पाउने छन्। यो अफर ३१ डिसेम्बरसम्म लागू हुने एयरलाइन्सले जानकारी दिएको छ।