नेपाल आयल निगमले पेट्रोलियम पदार्थको दैनिक कारोबार गर्नका लागि एक तिहाइ जनशक्ति मात्र परिचालन गर्ने भएको छ।
निगमले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सावधानीपूर्वक कारोबार गरिने प्रष्ट पारेको छ। निगमको निर्णयअनुसार निजी क्षेत्रबाट सञ्चालिन पेट्रोल पम्पहरुलाई हप्तामा एक दिन तेल दिइनेछ।
सहकारी तथा सरकारी क्षेत्रबाट सञ्चालन भएका पम्प बाहेक जिल्लाअनुसार बार निर्धारण गरी हप्तामा एकदिन मात्र खुला राखिने निगमले जानकारी दिएको छ।