एयरलाइन्सहरुले भाडा घटाएका छन्। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएकाले सोही बमोजिम भाडामा लाग्दै आएको इन्धन शुल्क पनि घटाइएको एयरलाइन्सहरुको संस्था वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ।
लकडाउनपछि नेपाल आयल निगमले हवाइ इन्धनमा प्रति लिटर २५ रुपैयाँ मूल्य घटाएको थियो।
संघकाअनुसार सबैभन्दा धेरै भाडा भएको काठमाडौं-धनगढी रुटमा धेरै रुपैयाँले भाडा घटेको छ। उक्त रुटमा १ हजार १०५ रुपैयाँले भाडा घटेको हो।
कुन रुटमा कति घट्यो?