पाँच सय डलरमा युएईबाट काठमाडौं यात्रु ल्याउने एयर अरेबियाको प्रस्ताव पर्यटन मन्त्री योगेश भट्टराईले अस्वीकार गरिदिएका छन्।
अरबियाले दुवई काठमाण्डौको लागि पाँच सय डलर लिएर उडान गर्ने प्रस्ताव गरेको थियो। मन्त्री भट्टराईले नेपाल एयरलाइन्स भन्दा महङ्गो भाडादर प्रस्ताव गरेको उल्लेख गर्दै अस्वीकार गरिदिएका हुन्।
नेपाल एयरलाइन्सले दुबईबाट काठमाडौं ३ सय ६० डलरमा गर्दैछ। यसअघि जुन ५ तारिखमा एयर अरेबियाले १५८ यात्रु र एक नाबालकलाई ५ सय भाडा लिएर काठमाडौं ल्याएको थियो।
नेपाल एयरलाईन्सले सामाजिक उत्तरदायित्व निर्वाह गदै सस्तोमा पनि उडान भर्न तयार रहेको जनाउँदै आएको छ। मन्त्री भट्टराईले नेपाल एयलाईन्सको भन्दा सस्तोमा जुन सुकै एयरले पनि नेपालीहरुलाई उद्धार गर्नमा कुनै रोकतोक नभएका बताए ।