यस आर्थिक वर्षको साउनदेखि वैशाखसम्म औसत मुद्रास्फिति अर्थात मूल्यवृद्धि ६. ७४ प्रतिशत कायम भएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति अनुसार वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५. ८३ प्रतिशत छ। अघिल्लो वर्षको यस महिनामा मुद्रास्फिति ५.२९ प्रतिशत रहेको थियो।
खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ८.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
वैशाख महिनामा काठमाडौं उपत्यकामा ५.७१ प्रतिशत, तराईमा ६.३५ प्रतिशत, पहाडमा ५.११ प्रतिशत र हिमालमा ५.१९ प्रतिशतको मूल्यवृद्धि रहेको छ।
गत वर्षको वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ६.०५ प्रतिशत, ४.९४ प्रतिशत, ४.९५ प्रतिशत र ६.१३ प्रतिशत मुद्रास्फिति थियो ।