नेपालमा टिजिटल टिभी सेवा दिइरहेका कम्पनीहरुले संस्था बनाएका छन्। पहिले केवल टिभी व्यवसायीहरुकोमात्र संस्था भएकोमा डिजिटल सेवा दिनेहरुले छुट्टै संस्था बनाएका छन्।
नेपालमा डिजिटल माध्यमबाट टेलिभिजन सेवा दिइरहेका कम्पनीहरुले आफ्नो छुट्टै संस्था बनाएका हुन्। डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपाल दर्ता गर्ने तयारी गरिएको भायानेटका सञ्चालक बिनय बोहराले जानकारी दिए।
यद्यपी यसको कानूनी दर्ता प्रक्रिया भने सकिएको छैन।
गएको हप्ता नेपालका विरुद्धमा गलत समाचार दिएको भन्दै भारतीय च्यालन बन्द गर्दा संगठित संस्था नहुँदा समस्या भएको भन्दै उनीहरुले अवदेखि एकिकृत भएर पैरवी गर्ने घोषणा गरेका छन्।
केवल टिभी व्यवसाय फरक भएको तर डिजिटल सेवा दिनेहरु आफै पनि मल्टि सर्भिस प्रोभाइडर पनि भएकाले छुट्टै संस्थाको आवश्यकता भएको डिशहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यले जानकारी दिए।
यसमा डिश होम,भायानेट,नेटटिभी,म्याक्स टिभी लगायतका संस्थाहरु सदस्य छन्।