चिनियाँ इलोक्ट्रोनिक्स निर्माता कम्पनी शाओमीको भारतस्थित उत्पादन प्लान्टमा काम गर्नेमध्ये ९५ प्रतिशत महिला रहेको कम्पनीले दाबी गरेको छ।
शाओमी इन्डियाका प्रबन्ध निर्देशक मनुकुमार जैनको भिडिओ सन्देशमा उक्त कुरा उल्लेख गरेका छन्।
सन् २०१५ देखि भारतमा उत्पादन सुरु गरेको शाओमीको उत्पादन प्लान्टमा अहिले ३० हजार बढीले काम गरिरहेको र त्यसमा ९५ प्रतिशत बढी महिला रहेको उनले बताएका छन्।
मोबाइल र टिभीमा शाओमी भारतमा अग्रणी ब्रान्ड हो। भारतीय बजारमा खतप हुने शाओमीका ८९ प्रतिशत डिभाइस भारतमै उत्पादन हुन्छन्।