सेलपे सेवाले सेलपे सेल्सबेरी अफर ल्याएको छ। सेलपे सेवाका ग्राहकले सेल्सबेरी डिपार्टमेन्ट स्टोरबाट सामान किन्दा १५ प्रतिशत छुट पाउने गरी उक्त अफर लेराइएको हो।
यो अफर कार्तिक ३० गते सम्म लागू बताइएको छ। उक्त स्टोरको २३ वटा आउटलेटमा सामान किनेर सेलपेबाट स्क्यान एनड पे मार्फत भुक्तानी गरेमा ५ सयसम्म छुट पाउने भएको हो।
जसका लागि सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुपर्छ। र सेलपे एपमा रहेको पे मर्च्यान्ट किल्क गरेर काउन्टरमा रहेको स्क्रीनमा देखाएको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्नुपर्छ।
सेलपेबाट विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बिमा रकम लगायतको भुक्तानी गर्न सकिन्छ।