संयुक्तराज्य अमेरिका र चीनबीच हप्तामा आठ वटा सिधा हवाई उडान सञ्चालन गर्ने बारेमा सहमति भएको छ।
अमेरिकी यातायात विभागद्वारा जारी वक्तव्यका अनुसार अहिलेसम्म चारओटा मात्रै उडान हुँदै आएकोमा अबदेखि हप्तामा ८ उडान गर्ने सहमति भएको हो।
नयाँ सहमतिसँगै अमेरिकाबाट चीनतर्फ जाने र चीनबाट अमेरिकातर्फ आउने यात्रुहरूलाई सहज हुने विश्वास लिइएको विभागले जनाएको छ।
कोरोनाभाइरसको महामारी र थप फैलिने त्रासका कारण विश्वभरी नै उडान सेवा अवरुद्ध हुने क्रममा यी दुई देशका बीचमा पनि उडान सेवामा कमी आएको थियो।
अहिले भने आवश्यकता र परिस्थितिका आधारमा सतर्कता अपनाउँदै विस्तारै उठान सेवा वृद्धि गर्न लागिएको अधिकारीहरूले जनाएका छन्।