मोबाइल एप रिचार्जरले भदौ ११ गतेबाट ग्याजेट सेल मेला सञ्चालन गर्ने भएको छ । मोबाइल एपमा सञ्चालन हुने उक्त मेगा सेलमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा मोबाइल, ल्यापटप, टेलिभिज, फ्रिज जस्ता विद्युतीय उपकरणका साथै गार्मेन्ट पनि पाउने छन्।
ब्राण्ड मेगा सेलमा ५० प्रतिशतसम्मको छुटका बाहेक कतिपय सामाग्रीको खरिदमा ‘बाइ वान गेट वान फ्रि’ को अफर समेत सञ्चालन हुने बताइएको छ । यो अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा सामाग्री किन्न सकिने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए ।
एक सातासम्म चल्ने मेलामा सामान खरिद गर्नेहरुले भदौ ३ गतेदेखि गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी खाता खोल्दा एक हजार बराबरको क्यास प्वान्ट तत्काल रिचार्जर एकाउण्टमा जम्मा ग्लाइडरले जानकारी दिए ।