नेपालमा पहिलोपटक प्रिन्टिङ सम्बन्धि अनलाइन कारोबार गर्ने कम्पनी प्रिन्ट सेवाले कारोबार सुरु गरेको छ।
छपाइ सम्बन्धिका सेवा अनलाइनको माध्यमबाट दिने यसको औपचारिक सुरुवात भने साउनदेखि भएको हो। कम्पनीले कागज, प्लास्टिक, मेटल, कपडा, फ्लेक्स, रेग्जिन आदिमा छाप्न सक्ने छ। त्यस्तै ५० भन्दा बडी किसिमको पेपर, ३० भन्दा बडी मिडिया प्रयोग गरी गुणस्तरीय छपाइ सेवा पनि दिने प्रतिबद्धतता जनाएको छ।
प्रिन्टसेवाको वेबसाइटमा गएर कुनै पनि छपाइमात्र होइन डिजाइनको कामका लागि पनि त्यहीबाट अरुलाई हायर गर्न सकिने छ। छपाइको अर्डर गरेपछि कम्पनीले डेलिभरी दिने छ। अहिलेका लागि यस्तो डेलिभरी सुविधा काठमाडौंमा मात्र सिमित रहेको कम्पनीले बताएको छ।