नेपाल एयरलाइन्सले काठमाडौं-दुबई यात्रुबाहक चार्टर्ड उडान गर्ने भएको छ। एयरलाइन्सले आइतबार काठमाडौंबाट दुबईका लागि २ उडान गर्ने जानकारी दिएको छ।
यसअघि टिकट काटेर आउन नपाएका नेपालीहरुलाई ल्याउनका लागि यो उडान गर्न लागिएको एयरलाइन्सले जानकारी दिएको छ। १८ अगष्टका दिन नेपाल आउन तयार भएकार २६० नेपालीलाई नल्याइ जहाज रित्तै फर्किएको थियो।
आइतबार नै दुई उडान गरी दुबईमा रहेका नेपाली श्रमिकलाई ल्याइने एयरलाइन्सले जानकारी दिएको छ।