आयकर ऐनअनुसार अग्रिम कर कट्टी गर्नुपर्ने भुक्तानीहरुमा भिन्न भिन्न दरबाट कर कट्टी गर्नुपर्ने व्यवस्था छ।
वस्तु तथा सेवा खरिद वा उपभोग गरे बापत भुक्तानी दिंदा तोकिएको कर कट्टी गरेरमात्र भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ।
नियमित पारिश्रमिकदेखि पटके भुक्तानीसम्म विभिन्न दरहरु तोकिएका छन्।
आयकर ऐन २०५८ अनुसार अग्रिक कट्टी गर्नुपर्ने त्यस्तो करको दरको अनुसूची भने प्रत्येक वर्ष परिवर्तन हुनसक्छ।
नेपाल सरकारले आर्थिक ऐनअनुसार आन्तरिक राजश्व विभागले प्रत्येक वर्ष त्यसरी अग्रिम कर कट्टी गरेर गर्नुपर्ने भुक्तानीको विवरण सार्वजनिक गर्छ।
नियमित पारिश्रमिकका लाग्ने कर प्रचलित आयकरका दरअनुसार कर कट्टी गर्नुपर्छ भने बाँकीको भुक्तानी विभागले तोकेको अनुसार हुने छ।
चालु वर्षका लागि विभागले तोकेको विवरण यस्तो छ: